नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नजिक

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ हजार नजिक पुगेको छ।

पछिल्लो विवरण अनुसार नेपालमा संक्रमणबाट ९२ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हालसम्म ७ हजार ९ सय ९० जनाको संक्रमणका कारण ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार १७ हजार ९ सय ३ नमुना परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार ८५ हजार ५ सय ४४ सक्रिय संक्रमित छन्।

आज ६ हजार ९५१ जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय