रक्तदान गर्दै नेपाल स्वास्थ्यकर्मी संघले मनायो वार्षिकाेत्सव

हेल्थपोस्ट नेपाल

नेपाल स्वास्थ्यकर्मी संघको ३० औं स्थापना दिवसको अवसरमा स्वास्थ्यकर्मीहरूले रक्तदान गरेर वार्षिकाेत्सव  मनाएका छन्।

कोरोना संक्रमणको महामारीमा अन्य रोगका विरामीहरूलाई ओझेमा परेका र त्यस्ता बिरामीलाई रगतको आवश्यकता पर्ने हुँदा रक्तदान कार्यक्रम नै प्राथमिकता दिएको संघका महासचिव  दिपक भट्टले बताए।

विज्ञानले सबै चिजहरु कृतिम बनाए पनि रगतका कुनै अर्को विकल्प नभएको कारण ‘रगतको विकल्प रगत नै’ भन्न नारा सहित स्वास्थ्यकर्मीले रेडक्रममा गएर रगत दिएका हुन्।

‘अहिले कोरोना संक्रमणको समयमा अन्य विरामीले झनै दुख तथा रगतको अभाव भोगिरहेका छन। रगतको कुनै कमी नहोस भनेर पनि यो अवसर पारी रक्त दान गरेको हो,’ उनले भने।

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लाहरुबाट पनि उल्लेखनीय संख्यामा स्वास्थ्यकर्मीहरुले रक्तदान गरेको उनले बताए।

हरेक दिन जसो, डेलिभरी केश, रगतको क्यान्सर, घाउचोटपटक लागेर अस्पताल भर्ना हुन आउने विरामीहरुलाई रगतको धेरै आवश्यकता पर्दछ। कोरोना संक्रमणका कारण कमैले रक्तदान गर्दै आएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *