स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सार्वजानिक गरे सम्पत्ति विवरण

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए।

‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।

७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ वटामा अस्पतालमा निर्माण प्रक्रिया अघि बढाउने बताए।

जसका लागि आउँदो असार मसान्तसम्ममा टेन्डर प्रक्रिया सक्काउने दाबी गरे।

तेस्रो लहरमा बालबालिकामा अट्याक गर्ला कि भन्ने विज्ञहरूको अनुमान र सुझावमा ध्यान दिँदै सातै प्रदेशमा बाल अस्पताल निर्माण पनि हाम्रो योजनामा रहेको छ,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय