सु ची फाउन्डेसनको सहयोगमा चिकित्सक संघले २ सय संस्थालाई बाढ्यो स्वास्थ्य सामाग्री

ताईवान स्थित सु ची फाउन्डेसनको सहयोगमा नेपाल चिकित्सक संघले ३० करोड बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ।

सोमबार फाउन्डेसनका प्रतिनिधिहरूले स्वास्थ्य सामाग्री संघलाई हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष डा. लोचन कार्कीले सो सामाग्री २ सय स्वास्थ्य संस्थामा वितरण गरिने बताए।

अक्सिजन प्लान्ट ५ ,मोनिटर ४०थान , अक्सिजन कन्सनट्रेटर ५ सय ५ वटा , पिपिई २ हजार थान, भेन्टिलेटर १० वटा, मनिटर ४० वटा फाउन्डेसनले सहयोग गरेको छ।

त्यस्तै,सर्जिकल मास्क १६ हजार, ग्राउन ३ हजार, पञ्जा १४ हजार लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका छ।

आम चिकित्सक एवं स्वास्थ्य क्षेत्रको सुरक्षा, व्यवसायीक हितका संघले काम गर्दै आएको डा. कार्कीले बताए।

उनले प्रमुखतया अहिले स्वास्थ्यकर्मीको सुरक्षा, उपचार, नागरिकको स्वास्थ्य सेवाको क्षेत्रमा विशेष काम गर्दै आएको प्रष्ट पारे।

‘महामारीको सुरुवातदेखि नै संघको अग्रसरता र नेतृत्वमा आम चिकित्सक एवं विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ,’ डा. कार्कीले भने, ‘संघले यसबीच आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत संचालन दिँदै आएका छौं।’

महामारीको प्रकोपको बेलामा फाउन्डेसनको विशेष सहयोग गर्दै आएको प्रतिनिधि मुकुन्द विष्टले बताए।

उनले स्वास्थ्य, शिक्षा, वातावरणीय क्षेत्रमा विभिन्न देशमा सहयोग गरेको बताए।

सामग्रीमार्फत् महामारमिा आम नागरिकमा स्वास्थ्य सेवा सुनिश्तिता एवं सेवा प्रभाहमा स्वास्थ्यकर्मीलाई सहजता हुने संघको विश्वास रहेको महासचिव डा. बद्रि रिजालले बताए।

यी सामग्री उपलब्ध गराएर सेवा प्रवाहमा उल्लेखनीय सहयोग पुर्याउने फाउन्डेसनप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्यको आशा रहेको डा. रिजालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय