७ वटै प्रदेशमा बाल अस्पताल बनाइने

हेल्थपोस्ट नेपाल

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोनाको सम्भावित तेस्रो लहरबाट बालबालिकालाई जोगाउन ७ वटै प्रदेशमा बाल अस्पताल बनाइने बताएका छन्।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बालबालिकाका लागि आइसीयू बनाउन पनि कार्यक्रम अघि बढाइने बताए।

उनले आम नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन बिमामार्फत् निःशुल्क उपचारको व्यवस्था मिलाउन अध्ययन गर्ने बताए।

मन्त्रालयका प्रत्येक काम पारदर्शी रुपले गर्ने प्रतिबद्धता पनि उनले जनाए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *