फागुन २३ देखि कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाइने

स्वास्थ्य सेवा विभागले फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकहलाई १२ सातापछि एस्ट्राजेनेका खोप लगाइने जनाएको छ।

विभागले आइतबार विज्ञप्ति जारी गर्दै कोभिशिल्डको दोस्रो डोज दिन तोकिएको मितिमा दिन नसकिएकाले एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपछि १२ हप्तापछि पनि खोप लगाउने व्यवस्था मिलाइने जनाएको छ।

सिरम इन्स्टीट्युट अफ इण्डियासँग सम्झौता भई अग्रिम भुक्तानी भइसकेको र कोभ्याक्स सुविधाबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रका आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिएकोमा प्राप्त नभएको विभागको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय