कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ।

ह्याम्स अस्पतालमा उपचारको क्रममा गए राती निधन भएको भएको मिडिया पर्सन रोसन अधिकारीले पुष्टि गरे।

डा. सुवेदीमा २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. सुवेदीको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार गरिएको थियो।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि थप उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो।

अधिकारीका अनुसार डा. विकासको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

डा. सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको सञ्चालक हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *