नेपालमा कोरोना संक्रमित ६ लाख नाघे

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ।

आइतबार ३ हजार ४ सय ७९ थपिएसँगै नेपालमा ६ लाख १ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले हालसम्म ३८. दशमलव ९ प्रतिशत महिला र ६१ दशमलव १ प्रतिशत पुरूषमा संक्रमित पुष्टि बताए।

जसमध्ये २१ बर्षदेखि ५० बर्ष उमेर समूहको संक्रमण उच्च छ।

आइतबार ६ हजार ६ सय ३६ जनामा संक्रमणमुक्त भएका छन्।

यो सँगै ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

नेपालमा कुल संक्रमितमध्ये ८३ दशमलव ५ प्रतिशत संक्रमणमुक्त भएका छन्।

हालसम्म ४ लाख ९१ हजार ९ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणबाट ९९ जनाको निधन भएको मन्त्रालयको तथ्यांक छ। यो सँगै संक्रमणबाट निधने हुने संख्या ७ हजार ८ सय ९८ पुगेको छ।

आइतबार ८९ हजार २ सय १७ सक्रिय संक्रमित छन्।

जसमध्ये होम आइसोलेसनमा ८२ हजार ७ सय ३ र संस्थागत ६ हजार ५ सय १४ जना छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *