नेपालमा एक महिनायताकै न्युन संक्रमण

पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सम्भवत एक महिनायता कै न्युन संक्रमण हो।

१० हजार ४ सय ७१ पिसिआर र ३ हजार २ सय ६२ जनाको एन्टिजेन मार्फत नुमना परीक्षण भएको थियो।

जसमध्ये ३ हजार २४ पिसिआरबाट र एन्टिजेन मार्फत ४ सय ५५ संक्रमण पुष्टि भएको छ।

आइतबार ८९ हजार २ सय १७ सक्रिय संक्रमित छन्। जसमध्ये होम आइसोलेसनमा ८२ हजार ७ सय ३ र संस्थागत ६ हजार ५ सय १४ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हाल ४७ जिल्लामा ५ सय भन्दा बढि सक्रिय संक्रमित छन्।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा ६ लाख १ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार हालसम्म ३८. दशमलव ९ प्रतिशत महिला र ६१ दशमलव १ प्रतिशत पुरूषमा संक्रमित पुष्टि भएको छ।

जसमध्ये २१ बर्षदेखि ५० बर्ष उमेर समूहको संक्रमण उच्च छ।

आइतबार ६ हजार ६ सय ३६ जनामा संक्रमणमुक्त भएका छन्।

यो सँगै ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

नेपालमा कुल संक्रमितमध्ये ८३ दशमलव ५ प्रतिशत संक्रमणमुक्त भएका छन््।

४ लाख ९१ हजार ९ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणबाट ९९ जनाको निधन भएको मन्त्रालयको तथ्यांक छ। यो सँगै संक्रमणबाट निधने हुने संख्या ७ हजार ८ सय ९८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय