श्रीमानको मृत्यु भएको सातादिनमा श्रीमतीले पनि गुमाइन संक्रमणबाटै ज्यान

झापामा कोरोना संक्रमणका कारण एक साताको बीचमा श्रीमान-श्रीमतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१ का ७८ वर्षीय गणेशबहादुर बस्नेत र उनकी ५६ वर्षीया श्रीमती संगीता बस्नेत छन्।

गणेशको गत शनिबार र संगीताको एक सातापछि शनिबार (हिजो) मृत्यु भएको हो।

उनीहरू दुबैजनाको उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो।

अस्पतालकाअनुसार पहिला गणेशलाई संक्रमण देखिएको र उनलाई स्याहार्ने क्रममा संगीतालाई संक्रमण भएको थियो।

गणेशलाई काठमाडौं गएको बेला संक्रमण भएको थियो। उनीहरूका एक छोरा र दुई छोरी छन्। उनीहरू तीनैजना अष्ट्रेलियामा रहेको बस्नेत परिवारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय