स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि विवरण एक हप्ताभित्र पठाउनु : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको विवरण एक हप्ता भित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै विवरण माग गरेको हो।
नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले पत्र जारी सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएका हुन्।
सरकारले कोरोना नियन्त्रण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ।
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता कोरोना महामारी रहेसम्म दिने सरकारले घोषणा समेत गरेको छ।
मन्त्रालयले सम्झौता वा सञ्चालन गरेको निर्णय, डियुटिमा खटिएका कर्मचारीको लिस्ट, कर्मचारीको तलवको भर्पाई तथा बिरामीको रियल टाइम रिर्पोटिङको विवरण समेत पठाउन अनुरोध गरेको छ।