नर्सिङ शिक्षक नेसुम शाक्यको कोरोना संक्रमणले निधन

कोरोना संक्रमणले नर्सिङ शिक्षक नेसुम शाक्यको निधन भएको छ।

शाक्यको विराट नर्सिङ होममा  उपचारको क्रममा मृत्यु भएको नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले पुष्टि गरिन्।

भेन्टिलेटरमा उपचार भइरहेको शाक्यको शनिबार राती निधन भएको हो।

उनी विराट हेल्थ साईन्स क्याम्पसमा कार्यरत थिइन्।

शाक्य केही बर्षअघि मात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उनीको एक छोरी छिन्।

संघले समवेदना प्रकट गर्दै दिवांगत आत्माको चिरकान्तीको कामना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय