भारतमा दुई महिनायताकै न्यून संक्रमण

हेल्थपोस्ट नेपाल
भारतमा पछिल्लो दुई महिनायताकै सबैभन्दा कम कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० नयाँ संक्रमित थपिएका छन्।

नयाँ थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ८८ लाख ९ हजार ३३९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार २३२ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको हालसम्मको संख्या २ करोड ६९ लाख ८४ हजार ७८१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६७७ संक्रमितले ज्यान गुमाएका छन्। संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ७५९ पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *