एकैदिन ८ हजार २ सय ४३ संक्रमणमुक्त

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म संक्रमित निको हुनेदर ८२.८ पुगेको छ।

हालसम्म ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भइसकेका छन्।

मन्त्रालयको अनुसार आज देशभर ५ हजार ४२ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *