नेपाल चिकित्सक संघले १२ हजार स्वास्थ्यकर्मीलाई दियो ‘क्रिटिकल कियर’ तालिम

नेपाल चिकित्सक संघले फन्टलाइनमा खटिएका करिब १२ हजार स्वास्थ्यकर्मी लाई ‘क्रिटिकल कियर’ तालिम दिएको छ ।

जेष्ठ १३ गतेबाट सुरू भएको तालिम शनिबार सम्पन्न भएको हो।

महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने ?

संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने जस्ता विषय समेटिएको संघका महासचिव डाक्टर बद्रि रिजालले बताए।

डा. रिजालका अनुसार ५ ब्याजलाई १० दिनसम्म कोरोना संक्रमितको बिरामीहरूको अक्सिजन र उपचार र रोकथाम तथा नियन्त्रण आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरणहरूको उचितबारेमा तालिम दिइएको थियो।

११ हजार ६ सय ७८ जना फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले क्रिटिकल कियरको तालिम लिएका थिए।

जसमध्ये ४१ प्रतिशत चिकित्सक, ४२ प्रतिशत नर्स र १५ प्रतिशत पारामेडिक्सहरूको सहभागिता थियो।

क्रिटिकल कियरको तालिम कार्यक्रम फलदायि भएको डा. रिजालले बताए।

‘कोरोना महामारीमा यस्तो बेलामा एकदमै राम्रो कार्यक्रम सम्पन्न भयो,’ डा. रिजालले भने, ‘ तालिम लिएका कुराहरू तत्काल नै काममा लागू गर्न मिल्ने खालका छन्।’

कोरोना महामारीमा काम गर्ने टेनिङ जनशक्तिका तालिमले धेरै हदसम्म सहज हुने अपेक्षा राखिएको डा. रिजालले बताए।

‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स स् कोभिड १९’ नाम दिइएको सो तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल

मेडिसिन अफ नेपाल(सिमोन) , सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको रहेको छ ।

संघले भावी दिनमा स्वास्थ्य सेवा सम्बन्धि विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्ने जनाएको छ।

 

2 thoughts on “नेपाल चिकित्सक संघले १२ हजार स्वास्थ्यकर्मीलाई दियो ‘क्रिटिकल कियर’ तालिम

  1. उहि सहर बजार तिर त होला नि तालिम खोई त गाउतिर थाह पाइएन! सिमित स्रोत साधानका बिचमा उपचार र ब्याबस्थापन गर्नु पर्छ गाउघरमा ! ग्रामीण क्षेत्रतिरका स्वास्थ्य कर्मी लाई दिदा पनि राम्रो हुने थियो ! निजि बिचार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय