झोले होइन, झापाको अर्जुनधारामा छ कालीमाँ ड्रग डिस्टिब्युटर्स : सञ्चालक

 

झापाको कालीमाँ ड्रग डिस्टिब्युटर्स अर्जुनधारा नगरपालिका ११मा सञ्चालनमा रहेको त्यसका सञ्चालक खेमराज बस्नेतले प्रष्ट पारेका छन्।

बिर्तामोड नगरपालिकाले बिमाको औषधि आपूर्ति गर्न खोलेको शिलबन्दी टेन्डरमा झोले फार्मेसीको नाममा टेन्डर हालेको समाचार सार्वजनिक भएपछि सञ्चालक बस्नेतले शनिबार प्रेस नोट निकालेर यसबारे प्रष्ट पारेका हुन्।

उनले आफ्नो डिस्टिब्युटर्सको नाम बिगारेर सञ्चार माध्यममा समाचार आएको भन्दै दुःख व्यक्त गरेका छन्। सञ्चालक बस्नेतले कालीमाँ ड्रग डिस्टिब्युटर्सलाई कालीमाँ फार्मेसी बनाइएको दाबी गरेका छन् । बस्नेतले कालीमाँ फार्मेसी दर्ता र सञ्चालनमा समेत नरहेको दाबी गरे।

बस्नेतले विमाको औषधि आपूर्ति गर्न ३६ लाख ६० हजार अंक उल्लेख गरेर आफूले टेन्डर हालेको जनाउँदै सम्बन्धित काम तत्काल सुरु गर्न नगरपालिकासँग माग पनि गरेका छन्। उनले नगरपालिकाले आव्हान गरेअनुसार पाँच वटा टेन्डर निवेदन परेकोसमेत बताए । पाँच वर्षका लागि डिस्टिब्युटर्सको नवीकरण भइसकेको बताएका उनले बिर्तामोड नगरपालिकाका कोभिड फोकलपर्सन ओम खड्कासँग कुनै व्यावसायिक साझेदारी नरहेको जिकिर गरे।

बस्नेतले नातामा आफू ओम खड्काको सालो नभएको र उनको फर्मको कर्मचारी नभई कालीमाँ ड्रग डिस्टिब्युटर्स अर्जुनधाराको सञ्चालक रहेको प्रेस नोटमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय