भारतमा ५८ दिनयताकै सबैभन्दा कम संक्रमित, घटेन मृत्युदर

हेल्थपोस्ट नेपाल

भारतमा पछिल्लो ५८ दिनयताकै सबैभन्दा कम कोरोना संक्रमित थपिएका छन्।

विगत केहीदिनयता लगातार संक्रमितको संख्यामा कमी आउन थालेको हो। गत २४ घण्टामा ५८ दिनयताकै सबैभन्दा कम १ लाख २० हजार ५२९ संक्रमित थपिएका छन्। यस्तै १ लाख ९७ हजार ८९४ जना संक्रमणमुक्त भएका छन्।

यससँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ८६ लाख ९४ हजार ८७९ पुगेको छ। २ करोड ६७ लाख ९५ हजार ५४९ जना स‌ंक्रमणमुक्त भएका छन्। भारतमा सक्रिय संक्रमित संख्या १५ लाख ५५ हजार २४८ रहेको छ।

यसैबीच, दैनिक संक्रमणदरमा कमी आएपनि भारतमा एकदिनमा मृत्यु हुने संक्रमितको संख्यामा घटबढ भइरहेको छ।

उल्लेख्य मात्रामा कमी आउन सकेको छैन। पछिल्लो २४ घण्टामा ३ हजार ३८० जनाको मृत्यु भएको छ। शुक्रबार भारतमा १ लाख ३२ हजार ३६४ नयाँ संक्रमित थपिएका थिए भने २ हजार ७१३ संक्रमितले ज्यान गुमाएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *