बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

बाँकेमा अस्पतालमा भर्ना भएका थप दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *