समुदाय डराइरहँदा नर्स रोजिनाले रोजेको अप्ठ्यारो बाटो

हेल्थपोस्ट नेपाल

नाम रोजिना खाम्चा, उमेर २० वर्ष ।

पेशा स्टाफ नर्स । काम तिनाउ गाउँपालिकाको कोरोना अस्पताल ।

कतिपय स्वास्थ्यकर्मी नै कोरोनाबाट डराइरहेका बेला रोजिना भने कोरोना संक्रमितको उपचारकै बाटो रोजिन।

गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालमा उनी इन्जार्ज छिन् ।

पाल्पाको बगनासकाली दर्लमडाँडाकी रोजिना गत पुस महिनादेखि गाउँपालिकामा स्टाफ नर्सको रुपमा सेवा प्रवेश गरेकी थिइन्।

गाउँपालिकाले बैशाख २० गतेबाट पालिकाभित्र १० बेडको कोरोना अस्पताल सुरु गरेको हो ।

सानैदेखि नै स्टाफ नर्स बन्ने रहर भएको हुँदा त्यही क्षेत्रमा प्रवेश गरेको उनी बताउँछिन्।

सेवाभावकै सोचले नसिंङ रोजेको उनी बताउँछिन्। सिंगो समाज, आफन्त र देश नै कोरोनासँग डराइरहँदा रोजिनाले कोरोना संक्रमितको उपचार, हेरचाह र परामर्शको बाटो रोजिन।

कोरोना अस्पतालकी नर्स रोजिनाले अस्पतालमा आएका एक जना बाहेक सबै बिरामी निको भइ घर फर्केको जानकारी दिइन ।

उनकाअनुसार थप १ जना अहेब र १ जना भान्सेले अस्पतालमा रहेका

बिरामीको रेखदेख गरिरहेका छन्।

आवश्यक परेको अवस्थामा पालिकामा रहेका स्वास्थ्यकर्मीहरुले उनीहरुलाई थप सहयोग गर्ने गरेका छन् ।

अस्पतालमा आएकाहरुको सेवाबाहेक होमआइसोलेसनमा बसेकालाई दैनिक फोन गरेर हालखबर सोध्नु र परामर्श दिनु उनको दैनिकी हो। उक्त काममा उनलाई अहेब बेगम बरालले सहयोगी गरिरहेकी छिन् ।

अस्पतालमा रहने बिरामीमध्ये बिरामीको अवस्था हेरि नाप्ने तरिका सिकाइ थर्मामिटर र अक्सिमिटर समेत दिने गरेका छिन् ।

उनका अनुसार अस्पतालका बिरामीको ४ पटक रक्तचाप, ज्वरो, अक्सिजन नाप्ने गरिएको छ ।

श्वास प्रश्वासको समस्या हुनेलाई दिनको तीन पटक र सामान्वयलाई दुई पटक तातो पानीबाट बाफ लिने, ज्वानो, बेसार पानी खुवाउने गरिएको छ । खाना, नास्ता र त्यसमा नियमित रुपमा अण्डा र सागपात दिने गरिएको छ ।

नियमित जाँच र परामर्शले नै बिरामीमा आत्मबल बढेको स्टाफ नर्स रोजीनाको बुझाई छ ।

डर लाग्दैन त ? भन्ने जिज्ञासामा उनले डर भन्दा पनि बिरामीको झनै माया लाग्ने गरेको बताइन्। मलाई त झनै माया लागेर आउँछ खाम्चाले भनिन्, सावधानी अपनाउने हो भने डर मान्नुपर्ने कारण नै छैन ।
उनकाअनुसार तिनाउ गाउँपालिकामा अहिलेसम्म २ सय ५८ जनामा संक्रमित पुष्टि भएको छ। त्यसमध्ये १ सय ७६ जना निको भइएका छन् भने ३ जना पालिकाको कोरोना अस्पतालमा छन् ।

अस्पतालबाट २० जना संक्रमित उपचारपछि घर फर्किएका छन् भने १ जनाको स्वास्थ्य अवस्था जटिल भएपछि भैरहवाको भिम अस्पतालमा रिफर थियो ।

पालिकामा ७४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

तिनाउ गाउँपालिकामा एक जना संक्रमितको मात्रै पालिकाभित्र उपचार हुन नसकि रुपन्देहीको अस्पतालमा उपचारका लागि लगिएको छ ।

अरु संक्रमितहरु पालिकामै निको भई घर फर्केका छन् । अहिलेसम्म पालिकाभित्र बसोबास गर्ने व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु नभएको गाउँपालिकाले जनाएको छ । तिनाउ गाउँपालिकामा

ठेगाना भएको तर रुपन्देहीमा बसोबास गर्ने २ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गाउँपालिकामा आएको छ ।

त्यसो त तिनाउ गाउँपालिकाले कोरोना संक्रमितहरुलाई परामर्श सेवा र पोषण भत्ता दिने गरेको छ ।

पालिकाका अनुसार संक्रमितहरुको आत्मबल बढाउन र स्वास्थ्य अवस्था कमजोर हुन नदिनका लागि स्वास्थ्यकर्मीबाट परामर्श सेवा र पोषण भत्ता दिने गरेको हो ।

पालिकामा रहेको सरकारी स्वास्थ्य संस्थाहरुले आफ्नो क्षेत्रमा पर्ने गाउँका संक्रमितलाई परामर्श सेवा दिने गरेको छ ।

स्टाफ नर्स रोजिनाले परामर्श दिन पुग्दा संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिने, असजिलो अवस्था भएको भए पालिकाले स्थापना गरेको कोरोना अस्पतालमा उपचारका लागि ल्याउने र खानपानका साथै सावधानीको बिषयमा जानकारी दिने गरिएको छ ।

संक्रमितका लागि एक हजार रुपियाँ बराबरको औषधीको प्याकेट र तीन हजार रुपियाँ पोषण भत्ता दिने गरिएको छ । संक्रमितका लागि एक हजार रुपियाँ बराबरको औषधीको प्याकेट र तीन हजार रुपियाँ पोषण भत्ता दिने गरेको छ ।

 



One thought on “समुदाय डराइरहँदा नर्स रोजिनाले रोजेको अप्ठ्यारो बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *