सरकारबाट हृदयेश त्रिपाठी आउट, स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङ

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाएर मन्त्रीमण्डल पुनर्गठन गर्दैछन्।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ–राजेन्द्र पक्षलाई समावेश गर्दा उनीहरू ओली सरकारबाट ‘आउट’ भएका छन्।

यसअनुसार अब विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्त नेम्वाङमात्रै कायम रहनेछन्। उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी हटाइएका छन्।

स्वास्थ्यबाट हृदयेश त्रिपाठीलाई हटाउँदै शेरबहादुर तामाङलाई ल्याइएको छ भने परराष्ट्रबाट प्रदीप ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई ल्याइएको छ।

पुनर्गठित मन्त्रीमण्डलका सदस्यले ८ बजे सपथ लिँदैछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *