आज ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १०१ को निधन

हेल्थपोस्ट नेपाल

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

मन्त्रालयका अनुसार शुक्रबार देशभर ९७ हजार ६ सय ९९ जना संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। यो सँगै ४ लाख ७६हजार १३० जना निको भइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *