तेस्रो लहरको खतरा– मन्त्रालयले भन्यो, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने भन्दै सबै स्वास्थ्यसंस्थाहरुलाई तयार रहन पत्राचार गरेको छ।

दोस्रो लहरको कोरोना संक्रमणले प्रौढ र युवाहरुलाई बढि संक्रमित गरेजस्तै तेस्रो लहरमा बालबालिकालाई संक्रमक बढाउन सक्ने उल्लेख गर्दै मन्त्रालयले सबैलाई स्वास्थ्य संस्थाहरुलाई २० प्रतिशत शैया बालबालिकाका लागि छुट्याउन र अक्सिजनको व्यवस्थापन गर्न सूचित गरिएको छ।

‘दोस्रो लहरजस्तै पुन: तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्विकृत सैय्याको कम्तीमा २० प्रतिशत कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ’ मन्त्रालयले भनेको छ।

त्यस्तै मन्त्रालयलय अक्सिजनको व्यवस्थापन गरिराख्न पनि भनेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय