स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी गर्ने सरकारको निर्णय

हेल्थपोस्ट नेपाल

सरकारले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेको छ।

विहीबारको मन्त्रीपरिषद् बैठकले सो अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

कोरोना महामारीमा चिकित्सक र स्वास्थ्य संस्थामाथी आक्रमणका घटना बृद्धि भएपछि नेपाल चिकित्सक संघले ७ दिनभित्र यस्तो कानून ल्याउन सरकारलाई अल्टिमेटम दिएको थियो। 

संसद नभएको/नचलेको अवस्थामा अत्यावश्यक भएमा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *