शान्ती र विकासको लागि युवा साझेदार नेपाल द्वारा माक्स तथा सेनिटाइजर वितरण

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ जेठ २० गते १४:३७

शान्ती र विकासको लागि युवा साझेदार नेपालले मास्क तथा सेनिटाइजर वितरण गरेको छ।

काभ्रेपलान्चोकको साँगामा रहेको केन्द्रिय कार्यलय महिला लघुवित्त वित्तिय सस्ंथा लि. लाई कोरोना माहामारी विषम परिस्थितीमा भाइरसबाट बच्न स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले मास्क तथा सेनिटाइजर वितरण गरेको हो।

संस्थाले लघुवित्तको शाखा कार्यालय हेटौँडालाई सेनिटाइजर तथा माक्स वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले पनि संस्थाको कर्मचारी तथा सदस्यमाको उच्च मनोबलमा थप योगदान पुग्ने विश्वास लिएको छ।

शान्ती र विकासको लागि युवा साझेदार नेपाल ले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामि दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने शान्ती र विकासको लागि युवा साझेदार नेपाल अध्ययक्ष तथा युवा सस्था सन्जाल पुर्ब अध्ययक्ष हिमाल महतले बताए।

सामग्री वितरण कार्यकममा संस्थाका शाखा प्रबन्धक सतृधन झाले सो स्वास्थ्य समाग्री वितरण गरि सहयोग गरेकोमा धन्यबाद दिए।

सो कार्यक्रमको सहसजिकरण वित्तिय कर्मी भक्तराम चौलागाईंले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय