नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन : डा. पौडेल

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले नेपालमा भेरियन्ट उत्पत्ती भएको बारेमा आफूहरुसँग कुनै जानकारी नभएको र यस विषयमा बेलायतसँग सूचना मागिएको बताए।

त्यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ।

नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको प्रष्ट पारेको छ।

नेपालमा नै नयाँ भेरियन्ट देखिएको भन्ने बारेमा हालसम्म कुनै जानकारी नभएको डब्लुएचओले जनाएको छ।

बेलायती पत्रिका डेली मेलले कोरोना भाइरसको (नेपाल भेरियन्ट) भेटिएको दाबी सहित समाचार प्रकाशन गरेको छन्।

बेलायतमा नेपाली भेरियन्ट देखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय