युवा चिकित्सक डा. पशुपति रजौरियाको निधन

जनरल फिजिसियन डा. पशुपति रजौरियाको कोरोना संक्रमणका कारण निधन भएको छ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत डा. रजौरियाको बुधबार राती निधन भएको नेपाल चिकित्सक संघको लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकालले पुष्टि गरे।

रजौरियालाई करिब २० दिनअगाडी कोरोना संक्रमण पुष्टि भएको थियो।

‘लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। तर, उहाँको स्वास्थ्य अवस्थाा थप जटिलता देखिएपछि काठमाडौं लगिएको थियो,’ डा. ढकालले भने।

डा. रजौरियाको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको रिर्पोट भने नेगेटिभ आइसकेको थियो।

डा. रजौरिया ८ दिनदेखि ग्राण्डीमा भेन्टिलेटरमा उपचाररत थिए।

‘रिर्पोट नेगेटिभ आएपनि उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको थियो। हिजो बेलुका ग्राण्डी अस्पतालमा उपचारको मृत्यु भयो,’ डा. ढकालले हेल्थपोस्ट सँग भने, ‘देशले लगनशील युवा चिकित्सक गुमाएको छ।’

कपिलवस्तुको कृष्णनगर निवासीसुरुमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, देवदह मेडिकल कलेज हुँदै विगत केहि महिनादेखि भैरहवा स्थित युसिएमएसमा जनरल फिजिसियनको रुपमा कार्यरत थिए ।

डा. रजौरियाकी श्रीमति पनि युसिएमएसमा चिकित्सक हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय