बेलायतमा नेपाली भेरियन्ट देखियो

 डेली मेल नामक बेलायती पत्रिकाले छापेको समाचारमा बेलायतमा नेपाली भेरियन्टको भाइरस फेला पारेको बताइएको छ।

उक्त समाचारलाई बेलायतका विभिन्न संचारमाध्ययमहरुले प्राथमिकताका रुपमा देखाइरहेका छन्।

वैज्ञानिकहरुले नेपालबाट उत्पन्न भएको भाइरस बेलायतमासमेत फेला परेको भन्दै सर्तक हुन सूचित गरेका छन्।

योसँगै बेलायत सरकारले कुन देशमा भ्रमण गर्न सकिने भन्दै ग्रिन लिस्ट तयार गर्न लागेको संचारमाध्ययमले जनाएको छ।

नेपाली भेरियन्ट देखिएपछि यो सूचिहरुमा सीमित देशलाई मात्र सूचिमा राख्ने तयारी भइरहेको छ।

पोर्चुगललाई पनि बन्देज लगाउने तयारी गरिएको छ किनभने त्यहाँ पनि नेपाली भेरियन्ट देखिएको दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय