डिप्रेसनले मिर्गौला फेल गराउला है

डिप्रेसन कति घातक हुनसक्छ भन्ने तपाईलाई थाहा छ? डिप्रेसनले तपाईमा मानसिकमात्र होइन किड्नीको समस्या पनि ल्याइदिनसक्छ।

चीनमा गरिएको एक अनुसन्धानमा डिप्रेसनले किड्नीको काम गर्ने क्षमतामा विस्तारै ह्रास ल्याउने देखाएको छ। त्यसपछि बिस्तारै किड्नीले आफ्नो काम गर्न छोड्छ।

चीनको साउथर्न मेडिकल युनिभर्सिटीका शोधकर्ताले ४ हजार ७६३ जनामा गरेको अनुसन्धानमा डिप्रेसनको कनेक्शन किड्नीको घट्दो कार्यक्षमतासँग प्रत्यक्ष रहेको उल्लेख छ।

अनुसन्धानमा सहभागी ३९ प्रतिशत सुरुदेखि नै डिप्रेसनको शिकार भएका थिए। अनुसन्धानका क्रममा चार वर्षसम्म उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो। जसमा ६ प्रतिशतभन्दा बढीमा किड्नीको काम गर्ने क्षमता तीव्र गतिमा घटेको पाइयो।

शोधकर्ता डा. किनले क्रोनिक किड्नी रोगले हृदय रोग र किड्नी फेल बनाउने सम्भावना बढी हुने बताए। त्यसैले किड्नी खराब हुने कारणहरुबारे सतर्क हुन जरुरी हुन्छ।

विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभरि २६ करोडभन्दा बढी मानिस डिप्रेसनका शिकार भएका छन्। १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुको आत्महत्या गर्ने कारणमा दोस्रो स्थानमा डिप्रेसन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय