टिचिङमा गरियो कालो ढुसीका दुई संक्रमितको शल्यक्रिया

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुईजना कालो ढुसीका संक्रमितको शल्यक्रिया गरिएको छ ।

कोभिड–१९ संक्रमणपछि कालो ढुसी (म्युकरमाइकोसिस)का संक्रमितको शल्यक्रिया गरिएको अस्पतालका उप–निर्देशक डा. सुभाष आचार्यले जानकारी दिए।

संक्रमितको १० दिनको अवधिमा शल्यक्रिया सम्पन्न गरिएको छ।

डा. आचार्यको अनुसार ६५ र ४० वर्षका व्यक्तिको शल्यक्रिया गरेको हो।

सो अस्पतालमा रहेका तीनजना ब्लाक फंगस संक्रमितमध्ये अर्का एकजनाको पनि शल्यक्रियाको तयारी भइरहेको छ।

नेपालमा हालसम्म १२ जना कालो ढुसीका संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

दुई दिन अगाडी पहिलो पटक वीर अस्पतालमा कालो ढुसीका एक संक्रमितको शल्यक्रिया गरिएको थियो।

आँखा बिगार्ने यो निकै भयानक संक्रमण हो।

स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना हुन्छ।

विशेष गरी मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड एवं एन्टिबायोटिक औषधि बढी प्रयोग गर्ने बिरामीसँग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

यस्ता व्यक्तिहरूमा ‘अपरट्यूनिस्कि इन्फेक्सन’ हुन जान्छ ।

जसले गर्दा त्यस्ता व्यक्तिहरूमा आँखा सुनिने, दुख्ने, धमिलो देख्ने, आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने, एक्कासी सुगर बढ्ने, सास फेर्न असहज हुने लगायतका लक्षणहरू देखा पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय