वजन कम गर्न नियमित व्यायामसँगै अपनाउनुस् यस्ता ‘टिप्स’

हेल्थपोस्ट नेपाल
मोटोपन अधिकांश मानिसमा जटिल समस्याको रुपमा देखा परेको छ। मोटोपनले न त शारीरिक बनावट नै बिगार्छ यसले विभिन्न रोगहरुसमेत निम्त्याउँछ।कोरोना संक्रमणले महामारीको रुप लिएपछि अहिले अधिकांश क्षेत्रमा लकडाउन गरिएको छ। मानिसहरु घरभित्रै थुनिएका छन्।खानपान बढेको छ तर, काम नहुँदा वजन बढ्दै गएको छ। वजन घटाउन कडा खालका व्यायामले मात्र हुँदैन त्यससँगै उचित डाइट प्लान बनाउनु पनि आवश्यक हुन्छ।

व्यायामसँगै अपनाउनुस् यस्ता टिप्स–

–ब्रेकफास्टमा चिल्लो कम भएका खानेकुरा लिनुस्।
– ब्रेकफास्टमा अण्डा लिनसक्नुहुन्छ। यसमा प्रोटिन, भिटामिन बी र फोलिक एसिड पर्याप्त हुन्छ। जसले स्वास्थ्य र छालालाई राम्रो बनाउँछ।
– ब्रेकफास्टमा गुलियो कुरा नखानुस्। यो स्वास्थ्यका लागि नराम्रो हुनुका साथै यसले अल्छि र ज्यान आलस्य बनाउँछ।
–ब्रेकफास्टमा जुसको सट्टा फलफुल खानुस्
–खाना खाइसकेपछि पेय पदार्थहरु नलिनुस्
– चीनी मिसाइएको गुलियो पेय पदार्थ लिनुभन्दा कागती–पानी, नरिवल पानी र मोहीको सेवन गर्नुस्।
– तनाव नलिनुस्।
– बढी डाइटिङबाट बच्नुस्।
– काक्रा, खरबुजा, टमाटरलगायत पानी पनि पाइने कुराको सेवन गर्नुस्।
– बढी क्यालोरी भएका खाने कुरा नखानुस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *