बुधबार १ लाख १ हजार ९९३ सक्रिय संक्रमित, १ सय १ जनाको निधन

पछिल्लो २४ घन्टामा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार देशभरका विभिन्न प्रयोगशालाबाट १३ हजार ८ सय ५ पिसिआर र ३ सय ७३ एन्टिजेन

नुमना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार  कुल संक्रमित मध्ये ३२.७ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

पौडेलका अनुसार आज १ लाख १ हजार ९ सय ९३ सक्रिय संक्रमित छन्।

जसमध्ये ९५ हजार १ सय ३१ होमआइसोलेसन र ६ हजार ८ सय ६३ संस्थागत आइसोलेसनमा छन्।

आज देशभर ८ सय ३७ क्वारेन्टाइनमा छन्।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट १ सय १ जनाको निधन भएको छ।

आज ७ हजार २ सय १९ संक्रमणमुक्त भएका छन्।

कुल संक्रमित मध्ये नेपालमा ८० दशमलव ८ प्रतिशत निको भएका छन्।

बुधबार  १ हजार ४ सय ४६ आइसियू सहित ३ सय ८५ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय