काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म थप, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

बैठकले किराना पसल, डिपार्टमेन्ट स्टोर र स्टेशनरी पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ। यस्तै, तरकारी, फलफुल, दुध, मासु र ग्यासको पसल पनि बिहान ९ बजेसम्म खोल्न दिइनेछ ।

यसैगरी, निजी तथा सार्वजनिक निर्माणको काम गर्न दिने तर काम गर्दा मानिस भित्रै बस्नुपर्ने मापदण्ड बनाइएको छ।

यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदै थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *