सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी चार्ज

हेल्थपोस्ट नेपाल

विराटनगरका एक जना स्वास्थ्यकर्मी माथि हातपात भएको छ।

अस्पतालमा काम सकेर घर फर्कने क्रममा स्वास्थ्यकर्मी माथि प्रहरीले लाठी चार्ज गरेका छन्।

मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवशीलाई प्रहरीले हातपात गरेका हुन्।

‘ड्युटी सकेर घर जाँदै थिए। म रोकिएपछि मलाई एक्कासी हातमा र तिघ्रामा भाटाले कुट्न थाल्नुभयो,’ राजवशीले भने।

कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोट लागेको राजवशीले बताए।

घटनाकाे विराेधमा स्वास्थ्यकर्मीहरूले बुधबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

कोरोना महामारीमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघ कोसीको अगुवाइमा कोसी अस्पतालमा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन् ।

स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको बताए ।

मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोजेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको र घटनाको विषयमा थप बुझ्ने काम भइरहेको उनकाे भनाइ छ ।



One thought on “सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी चार्ज

Leave a Reply to Reeta Cancel reply

Your email address will not be published. Required fields are marked *