पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट

चीनमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकार मानिसमा पनि भेटिएको छ। एक ४१ वर्षीय पुरुषमा एच१०एन३ (H10N3) भाइरस भेटिएको हो। चराचुरुङ्गीबाट उक्त भाइरस मानिसमा भेटिने उनी पहिलो व्यक्ति हुन्।

उनलाई कसरी संक्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण आइसकेको छैन। उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने बताइएको छ। जाङ्सू प्रान्तका उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

यो पंक्षीबाट मानिसमा सरेको बताइएको हो। यसको ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून रहेको बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोगले भनेको छ।

बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ। तर, कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिँदैन।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत नदेखिएको समाचारसंस्था रोएटर्सलाई बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय