सर्पको टोकाइमा धामीझाँक्रीको भर : चवनलालले गुमाए ज्यान

हेल्थपोस्ट नेपाल

सर्पले डसेपछि उपचार गर्न लानुको सट्टा धामीझाँक्री लगाउँदा झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-४ फर्कागाछीका ५९ वर्षीय चवनलाल गणेश छन्।

गाईवस्तु चराउन गएका उनलाई मंगलबार दिउँसो सर्पले डसेको थियो। सर्पले डसेको थाहा नपाएका उनको घर पुग्नासाथ खुट्टा पोल्न थालेको थियो। त्यसपछि मात्रै उनले परालको कुन्युमा मुसा खाँदै गरेको सर्प देखेको परिवारका सदस्यलाई सुनाएका थिए।

परिवारका सदस्यले उपचार गर्न लानुको सट्टा धामीझाँक्री कहाँ लगे। उनलाई गाह्रो भएपछि प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको एम्बुलेन्समा सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो।

उपचार केन्द्र पुर्‍याउनेबित्तिकै उनको मृत्यु भयो।

उपचार केन्द्रका चिकित्सकले उनलाई गोमन सर्पले टोकेको र समयमा उपचार हुननसक्दा मृत्यु भएको परिवारजनलाई बताएको झापा प्रहरीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *