स्वास्थ्य मन्त्रालयको निर्देशन : सात दिन भित्र सबै अस्पतालले उपचार शुल्क सार्वजानिक गर्नु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको छ।

स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्क सहितको मुल्य सूची आफ्नो वेवसाइड तथा सूचना पार्टीमा राख्न निर्देशन दिएको छ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ ।

उक्त विवरण वेवसाइड तथा सूचना पाटीमा राखी सो जानकारी स्वास्थ्य संस्था ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन समेत मन्त्रालयले अनुरोध गरेको छ।

कोरोना महामारीको विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचार वापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको गुनासो आएको मन्त्रालयले जनाएको छ।

One thought on “स्वास्थ्य मन्त्रालयको निर्देशन : सात दिन भित्र सबै अस्पतालले उपचार शुल्क सार्वजानिक गर्नु

  1. कृपया यो कार्यान्वयन हुन सकोस है ! यस्ता सरकारी इस्तिहार वा सूचना लागू भएर जनताले फाइदा पाउन सकुन!! जनता द्वारा ल्याइएको गणतन्त्र अनि त्यसै अन्तर्गतको सरकार बिचको सम्बन्ध चिसिदै गैरहेको छ!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय