कोरोनाबाट निधन हुने संख्या घट्दै, आज ६८ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २० हजार १ सय ६५ नमुना परीक्षणमध्ये ६ हजार ८५ जनामा संक्रमण पुष्टि देखिएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जनामा पुगेको छ।

मंगलबार १ लाख ४७ हजार ८९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा ६८ जनाको संक्रमणबाट निधन भएको छ।

यो सँगै ७ हजार ४ सय ५४ जनाको निधन भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार मंगलबार थप ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म नेपालमा ४ लाख ५४ हजार ३ सय ४४ जना संक्रमणमुक्त भएका छन्।

आज ७ सय २५ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *