चीनले अनुदानमा दिएको खोप काठमाडौं आइपुग्यो

मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप (भेरोसेल) त्रिभुवन विमानस्थलमा ल्याएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

सरकारले चीनबाट आएको खोप ६० देखि ६५  उमेर समूहलाई दिने जनाएको छ।

 

 
 
 

 
 
 

तस्बीर :  दिनेश गोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय