उज्ज्वल थापाबारे सञ्चारमाध्यममा आएको कुरा झुटो हो, अहिले भेन्टिलेटरमा उपचार भइरहेकाे छ : चिकित्सक

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य ‘गम्भीर’ भएकाे र हाल भेन्टिलेटरमै उपचार भइरहेको चिकित्सकले बताएका छन् ।

हाल थापाको भेन्टिलेटरमै उपचार भइरहेको डा. विश्व दवाडीले पुष्टि गरे।

केही सञ्चारमाध्यमले थापाको मृत्यु तथा भेन्टिलेटरबाट झिकिएको खबर दिए पनि त्याे झुटो भएको उनले प्रष्ट पारे।

‘केही मिडियाले भ्रमपूर्ण खबर फैलाइरहेका छन्। म अहिले उहाँसँगै छु। भेन्टिलेटरमा उपचार भइरहेको छ। तर, स्वास्थ्य अवस्थामा एकदमै गम्भीर छ,’ डा. दवाडीले भने।

‘यस्तो अति सम्वेदनशील कुरालाई भ्रम फैलाउने कस्ता मिडिया हुन्,’ उनले प्रश्न गरे। थापाको कोरोना संक्रमणको रिपाेर्ट आइतबार दिउँसो नेगेटिभ आएको थियो।

तर, संक्रमणले धेरै असर गरिसकेकाले उनको अवस्थामा सुधार भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय