स्वास्थ्य मन्त्रालयले भन्यो– तोकिएको व्यक्ति बाहेक अरूले कोरोनाको विषयमा नबोल्नु

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको विषयमा असम्बन्धित निकायलाई बोल्न प्रतिबन्द्ध लगाएको छ।

मन्त्रालयको जेठ १७ गते बसेको बैठकले जनस्वास्थ्यको विषयमा असम्बन्धित निकायहरूले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्दा जनमानसमा झ्न दुविधा उत्पन्न भएको भन्दै सो निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडलले एक सूचना निकाल्दै कोरोना महामारीको विषय वा सम्रग जनस्वास्थ्यको विषयमा विभागिय मन्त्रीहरू वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय बाहेका अधिकारीले मात्र बोल्न पाइने जनाएका छन्।

सरकारले तोकेका बाहेक व्यक्तिबाहेकले दिएको जानकारी प्रकाशन तथा प्रसारण नगर्न पनि मन्त्रालयले सञ्चारमाध्यमहरुलाई सूचित गरेको छ ।

सो निर्णय कार्योवन्यनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पठाउने सूचनामा उल्लेख गरिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *