फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई १ करोडको सम्मान, यसरी छनोट हुनेछन्

हेल्थपोस्ट नेपाल

कोरोनामा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बारबरा फाउन्डेसनले १ करोड १ रुपैयाँको सम्मान गर्ने भएको छ।

कोभिड–१९ को नयाँ भेरियन्टसँग मुलुक लडिरहेको र त्यसमा अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीहरु लाभान्वित हुने फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष डा सन्दुक रुइतले एक विज्ञप्ती जारी गर्दै पुरस्कार बारे जानकारी गराएका हुन् ।

‘अग्रपक्तिका सिपाहीका रुपमा अनवरत लागि पर्ने विभिन्न पेशाकर्मी मध्ये स्वास्थ्यकर्मीहरुको भूमिका नै सबैभन्दा महत्वपुर्ण रहेको छ । नेपालको विकट हिमाली क्षेत्रदेखि तराईसम्मका विभिन्न चुनौतीपुर्ण भुगोलमा बसेर सिमित श्रोत साधनलाई व्यवस्थापन गर्दै दैनिक आउने चुनौतीका बाबजुद विरामीको जीवन रक्षाको लागि लागि पर्नु पक्कै सहज छैन । व्यक्तिगत तथा पारिवारिक जीवनलाई तिलाञ्जली दिएर मानवीय कार्यमा खट्ने हरेक महान व्यक्तिहरुको आजको अवस्था हेर्दा उहाँहरुको प्रशसां जति गरे पनि कमै हुन्छ ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फाउन्डेसनले सम्मानका लागि स्वास्थ्यकर्मी छनोट गर्ने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाको अध्यक्षतामा नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की सहितको निर्णायक समिति गठन गरेको छ।

 



One thought on “फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई १ करोडको सम्मान, यसरी छनोट हुनेछन्

  1. धेरै राम्रो……. सहरी भेग मात्र नभाई दुरदराजमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई पनि समेट्नुले स्वास्थ्य कर्मिहरुलाई उच्च मनोबलका साथ काम गर्ने हौशला मिल्छ।
    लेखिय अनुसार कार्यनयन हुन्छ भन्ने कुरामा आशावादी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *