आइतबार ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, १ सय १४ को निधन

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जना व्यक्ति कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।
मन्त्रालयको अनुसार यो सँगै नेपालमा कुल संक्रमित संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ।

देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट निधन हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ।

आज ६ हजार ४९१ जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय