चीनमा अब तीन सन्तान जन्माउन पाउने
चीनका दामपतीहरुले अब तीन सन्तान जन्माउन पाउने भएका छन्।
चीन सरकारले जनताका लागि तीन सन्तान जन्माउने अनुमति दिएको छ।
चीनले तीन सन्तानको अनुमति दिएसँगै अब एक सन्तानको कडा नीति समाप्त भएको छ।
चीनको संचार माध्ययम साउथ चाइना मर्निङ पोष्टका अनुसार तीन सन्तान जन्माउन पाउने निर्णयमा सत्ताधारी कम्युनिस्ट पार्टीको पोलिटब्युरोले निर्णय गरेपछि राष्ट्रपित सी जिनपिङले अनुमति दिएका हुन्।
चीनमा एक दशकमा हुने जनगणनामा त्यहाँ जनसङ्ख्या पछिल्लो केही दशकमा पहिलो पटक सुस्त गतिमा बढिरहेको पाइएपछि यस्तो निर्णय आएको हो ।
चीनले २०१५ मा एक सन्तानको नियम हटाएर दुई सन्तान जन्माउन पाउने अनुमति दिएको थियो।
वृद्ध अवस्थामा समस्या आउँदै गरेकाले यस्तो निर्णय गरिएको हो।
योसंगै रिटार्यडमेन्टको उमेर बढाउने, युवाहरुलाई परिवार र यसको महत्वका बारेमा अभियान चलाएर शिक्षा दिने, बालबालिकाको सेवा, सुत्केरी बिदा तथा बालबालिकाको स्वास्थ्य विमा गर्ने निर्णय गरेको छ।