क–कसले पाउँछन् चीनबाट आउने १० लाख खोप?

हेल्थपोस्ट नेपाल

चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले चीन बाट आउने थप १० लाख ‘भरोसेल’ ६० देखि ६५ वर्ष उमेर समूहलाई दिने बताए।

भरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ।

तर, भोलि २ लाख डोज मात्र प्राप्त सूचना पाएको पोखरेलले बताए।

‘अहिले जोखिम वर्गको आधारमा हेर्दा ६० देखि ६५ उमेर समूहमा जानुपर्ने हुन्छ,’ डा. पोखरेलले हेल्थपोस्ट सँग भने, ‘खोप के–कति आउँछ। त्यसको आधारमा निर्धारण गछौं।’

डा. पोखरेलका अनुसार करिब ५ लाख डोज प्राप्त भएपछि मात्रै खोप कार्यक्रम सञ्चालन गरिने छ।

सरकारको तथ्यांक अनुसार  ६० देखि ६५ बर्षका अझै करिब सात लाख खोप लगाउन बाँकी नै छ।

दुवै डोज खोप दिनका लागि १४ लाख आवश्यकता पर्छ।

यसभन्दा अगाडी चीन सरकारले ८ लाख डोज भेरोसेल उपलब्ध गराएको थियो।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो।

करिब ९ लाख जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैइनन्।

‘कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो लागि पहल गरिरहेका छौं,’ डा. पोेखरेलले भने, ‘ उहाँहरू लाई  एस्ट्राजेनेकाको खोप दिने तयारी भइरहेको छ।’

डा. पोखरेलका अनुसार बेलायतको एस्ट्राजेनिकाले उत्पादन गरेको खोप नेपाल ल्याउने तयारी छ।

‘एस्ट्राजेनिका खोप आएपछि पहिलो डोज लगाएका प्राथमिकता दिन्छौं। अबको केही दिनमा नेपालमा आउने भन्ने सूचना प्राप्त भएको छ,’ उनले भने।

कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो डोज लगाउन १४ लाख बाँकी छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *