उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर, यसो भन्छन् चिकित्सक

हेल्थपोस्ट नेपाल

विवेकशील साझा पार्टी पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था झन–झन बिग्रदै गएको छ।

उपचारमा सम्लग्न  एक चिकित्सकका अनुसार स्वास्थ्य अवस्थामा खासै सुधार आएको छैन।

थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) मार्फत उपचार हुँदै छ।

‘उहाँको एक्मोबाट उपचार भइरहेको छ। हामीले सकेको जति गरिरहेका छौं। तर, स्वास्थ्यमा कुनै सुधार आएको छैन,’ ति चिकित्सकले भने।

चिकित्सकको अनुसार थापको कोभिड सिभियर निमोनिया भइसकेकाले थप उपचारमा समस्या देखिएको छ।

‘थापाको मुटु र फोक्सोले काम कम गरिएको छ। त्यसकारणले हामीले उहाँलाई एम्मोमा राखेका हौं,’ ति चिकित्सकले भने।

मुटु तथा फोक्सोले काम गर्न छोडेको अवस्थामा वा नाजुक भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्ने प्रविधि एक्मो उपचार पद्धतिको प्रयोग गरिन्छ।

एक्मो प्रविधिले बाहिरी पम्पहरु र अक्सिजेनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसञ्चार बढाउन मद्दत गर्छ।

‘हामीले ‘एक्मो’ राखेर केही दिन अगाडी नै उपचार गर्न पाएको भए अन्य बिरामीको भन्दा नतिजा फरक पाउन सक्थ्यौं कि,’ उनले भने, ‘अहिले उहाँको अवस्था एकदमै नाजुक भइसकेको छ।’

थापाको उपचार डा. विजय राज वंशीको नेतृत्वमा भइरहेको छ।

यो समूहमा डा. अशिम, डा. दिप्तेश अर्यालमा र डा. राज राणा छन्।

कोरोना संक्रमण पुष्टि भएपछि करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पतालमा उपचार असम्भव भएपछि थापाको तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *