भारतमा कोरोना संक्रमण घट्दै, मृत्युदरमा भने आएन कमी

हेल्थपोस्ट नेपाल

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांकमा विस्तारै कमी आइरहेको छ। तर, मृत्यु हुने दर भने खासै घट्न सकेको छैन।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार ७३४ नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३८ हजार २२ जना संक्रमणमुक्त भएका छन्।

योसँगै कुल संक्रमितको संख्या २ करोड ८० लाख ४७ हजार ५३४ पुगेको छ। भारतमा २० लाख २६ हजार ९२ एक्टिभ केश रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १२८ संक्रमितले ज्यान गुमाएका छन्। योसँगै कुल मृतकको संख्या ३ लाख २९ हजार १०० पुगेको छ।

भारतमा हालसम्म २१ करोड ३१ लाख ५४ हजार १२९ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *