अमेरिकापछि वेलायतले पनि भन्यो – कोरोनाको स्रोत चीनको ल्याब

अमेरिकापछि अब वेलायतले पनि कोरोना भाइरसको उत्पत्ति चीनको प्रयोगशालाबाटै भएको हुनसक्ने बताएको छ। वेलायती जासुस निकायले वुहानकै प्रयोगशालाबाट ‘लिक’ भएर यसले महामारीको रुप लिएको भन्ने कुरा सत्यसावित हुनसक्ने कुरामा सहमति जनाएको छ।

वेलायतको अखबार सन्डे टाइम्सले प्रकासित गरेको उक्त निकायको रिपोर्टमा प्रतिक्रिया दिँदै वेलायतका खोप मन्त्री नदीम जवाहीले विश्व स्वास्थ्य संगठनले यसबारे निष्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन्।

केही दिनअघि अमेरिकाको जासुस निकायले पनि महामारीका रुपमा संक्रमण फैलनुअघि वुहान ल्याबाका तीन अनुसन्धानकर्ता बिरामी परेका र उनीहरुको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको विवरण सार्वजनिक गरेको थियो।

विवरण सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले सो निकायलाई ९० दिनभित्र भाइरस मानिसमा कसरी फैलियो भन्ने कुरा पत्ता लगाउन आदेश दिएका थिए।

तर, चीनले भने यो रिपोर्टलाई पूर्णरुपमा झुठो भएको बताएको छ। उसले हालसम्म वुहान ल्याबका एकजना पनि संक्रमित नभएको बताएको छ।
महामारी सुरु भएलगत्तै यसको उत्पत्ति कसरी र कहाँबाट भयो भन्ने खोजको विषय बनेको छ।

डब्ल्युएचओले केही समयअघि सार्वजनिक गरेको रिपोर्टमा संक्रमण वुहानबाटै फैलिएको भन्ने कुरा सावित गर्न पर्याप्त प्रमाण नरहेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय