कोरोना परीक्षण घट्यो, ४ हजार ३६९ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिँदै आएको पीसीआर परीक्षणको संख्या केहीदिन यता घटेको छ।

दैनिक करिब २० हजारको पीसीआर परीक्षण हुँदै आएकोमा पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको मात्रै परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार दिउँसोसम्म १० हजार ९८६ जनाको परीक्षण गर्दा ३ हजार ७०२ जनामा संक्रमण देखिएको छ।

यस्तै, एन्टीजेन विधिबाट १ हजार ९८४ जनाको परीक्षण गर्दा ६६७ जनामा संक्रमण देखिएको छ।

पीसीआर र एन्टिजेन गरि देशभर आज ४ हजार ३६९ जनामा संक्रमण देखिएको छ।

आइतबार देशभर १ लाख ८ हजार ८ सय ५७ सक्रिय संक्रमित छन्।

जसमध्ये ७ हजार ५ सय ६३ संस्थागत र १ लाख १ हजार ३३४ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा १ सय ९ जनाको निधन भएको छ।

मन्त्रालयको अनुसार आज ६ हजार ३ सय ५ जना संक्रमणमुक्त भएका छन्।

आज १ हजार ५ सय ४५ जनाको आइसियूमा उपचार भइरहेको छ। जसमध्ये ४ सय ७ जना भेन्टिलेटरमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *