वीर अस्पतालको उपनिर्देशकमा दुई चिकित्सकलाई जिम्मेवारी

हेल्थपोस्ट नेपाल

कोभिड–१९ यूनिफाइड केन्द्रिय अस्पताल वीरमा कोरोना संक्रमित तथा ननकोभिडको उपचार व्यवस्थापनमा सहजीकरण गर्न २ जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ ।

अस्पताल प्रमुख प्रा.डा जागेश्वर गौतमले

प्रमुख कन्सलटेन्ट चेस्ट फिजिसियन सह डा.अशेष ढुंगाना र नन कोभिडतर्फको उपचार व्यवस्थापनका लागि बरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. नविन पोखरेललाई उपनिर्देशकको जिम्मेवारी दिइएको बताए।

अस्पताल सेवामा सहज होस भन्ने उदेश्यले दुई जनालाई छुट्टा–छुट्टै जिम्मेवारी दिएको डा. गौतमले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै वीर अस्पताल सञ्चालन गर्नेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *