के कोरोना खोपले डिएनएलाई ड्यामेज गर्छ?
भ्रम नं. १: कोभीड–१९ भ्याक्सीनले डिएनएलाई ड्यामेज गर्दछ ?
वास्तविकता : चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु एमआरएनए, भाइरल भेक्टर, इनएक्टिभेटेड भाइरस, प्रोटिन एन्टिजेन भ्याक्सीन कुनैले पनि डिएनए ड्यामेज गर्दैन।
भ्रम नं. २ : यो भ्याक्सीन हतारमा बनाइएको हुदा सुरक्षित छ कि छैन?
वास्तविकता : यो –भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू पार गरेको छ ।
भ्रम नं ३ : फूड एलर्जी भएका, कमजोर एवं प्रतिघाति प्रतिरक्षा प्रणाली भएका, बच्चालाई दुध चुसाउने आमा र गर्भवतिहरुले भ्याक्सीन लगाउन हुन्छ कि हुँदैन?
वास्तविकता: गर्भवतीहरुमा आधिकारीक निर्णय भईसकेको छैन । बाँकी अरुले यो भ्याक्सीन लगाउन सक्छन् ।
भ्रम नं.४.कोभीड–१९ भ्याक्सीन लगाए पछि कोभीड–१९ को संक्रमण हुन्छ कि हुँदैन?
वास्तविकता: कोभीड–१९ का चारै किसिमका भ्याक्सीनहरु लाई मानव उपयोगी बनाईएकाले कोभीड–१९ हुन सक्दैन ।
भ्रम नं ५: कोभीड–१९ बाट संक्रमितहरुले भ्याक्सीन लगाउनु पर्छ कि पर्दैन?
वास्तविकता : प्राकृतिक प्रतिरक्षा प्रणाली कहिले सम्म टिक्दछ भनेर भन्न सकिन्न यसर्थ कोभीड संक्रमितहरुले पनि भ्याक्सीन लगाएर सुरक्षित होऔं ।
भ्रम नं. ६ : कोभीड–१९ भ्याक्सीन लगाएपछि माक्स लगाउने र सामाजिक दुरी कायम गर्नु पर्छ कि पर्दैन?
वास्तविकता भ्याक्सीन लगाएपनि महामारी नियन्त्रण गर्नका लागि माक्स लगाउने र सामाजिक दुरी कायम गर्ने गर्नु पर्दछ।
डा. हेमराज कोइराला, वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक